काठमाडौं । मनसुन सक्रियभएसँगै बाढी पहिरो तथा डुवानको जोखिम न्यूनिकरण गर्न नेपाल रेडक्रस सोसाइटीले आपत्तकालिन कार्यसञ्चालन केन्द्र सक्रिय बनाएको छ ।
देशका वाढी, पहिरो प्रभावित सर्वसाधारणलाई आपत्तकालिन आवास, स्वास्थ्य उपचार, आर्थिक सहयोग र सरसफाईको क्षेत्रमा सहयोग गर्ने गरी सो केन्द्र स्थापना गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटीका कोषाध्यक्ष देवेन्द्र बहादुर प्रधानले रेडक्रसको सँस्थागत प्रणाली अनुरुप नै अत्यावश्यक मानवीय सेवाको लागि रेडक्रस प्रतिनिधिलाई सेवामा तयारी रहन आग्रह गरे ।
पूर्वयोजना अनुसार, सातवटै प्रदेशबाट बाढी, पहिरो र डुवानको सूचना संकलन गरी त्यस्को तत्काल अवस्था जाँच गर्ने र आवश्यक मानवीय सहयोग पुर्याउन राहत सामग्री सहित स्वयंसेवक परिचालन हुने व्यवस्था सो केन्द्रले गर्ने छ ।
प्रभावितहरुको आवास, स्वास्थ्य, सरसफाई प्राथमिक उपचार, बन्दोवस्ती, स्वयंसेवक परिचालन, दैनिक अपडेट, सूचना तथा सञ्चार, अन्तर्रा्ष्टिय सहयोग, समन्वय, अनुगमन जस्ता विभिन्न १९ वटा कार्य समूह आजैदेखि सक्रिय बनाइएको जानकारी पनि कोषाध्यक्ष प्रधानले दिए ।
वाढी, पहिरो प्रभावित परिवारलाई तत्काल सहयोग पुर्याउन १० हजार सेट सामग्री विभिन्न गोदामघरहरुमा तयारी अवस्थामा राखिएको छ । त्यस्तै आपत्कालीन आवासको लागि ६ सय सेट सामग्री जोहो गरेको रेडक्रसले जनाएको छ ।
त्यस्तैं, २१ हजार परिवारको लागि सहयोग गर्ने गरी आपत्कालीन योजना सार्वजनिक गरिएको छ । नेपाल रेडक्रसका कामु कार्यकारी निर्देशक इन्द्र बहादुर केसीले भने– १० हजार परिवारको लागि आफ्नै स्रोतबाट र वाँकी ११ हजार परिवारको लागि रेडक्रस अभियान लगायत सहयोगी सँस्थाहरुको सहयोग जुटाइने छ ।
बाढी, पहिरो तथा महामारी जस्ता समस्याबाट हुन सक्ने क्षतिलाई न्यूनिकरण र तत्काल सहयोगको लागि सबै जिल्ला शाखाहरुलाई पनि तयारी अवस्थामा रहन अनुरोध गरिएको छ ।
केहि दिनदेखिको निरन्तर वर्षाका कारण झापा जिल्लामा केहि वस्तीहरु डुवानमा परेकाले त्यसक्षेत्रमा ठूलो संख्यामा रेडक्रस स्वयँसेवकहरुलाई कार्य्विभाजन गरी परिचालन गरिएको रेडक्रस झापाका सभापति लोकराज ढकालले बताएका हुन ।
त्यस्तैं, सिरहा रेडक्रस सभापति राजदेव यादवले पनि विपद विरुद्ध जिल्लामा प्रतिकार्य योजना निर्माण गरिएको र सबै सरोकारवाला निकायले समन्वयमा काम गरिरहेको जानकारी दिए ।
तत्काल सहयोगको आवश्यकता परेमा वा यसवारे जानकारी लिन परेमा निशुल्क टेलिफोन सेवा ११३० मा फोन गर्न सकिने व्यवस्था पनि रेडक्रकसले मिलाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया