विश्वकपमा सट्टा बाजी खेल खेलाउने पक्राउ

काठमाडौं–  हाल भइरहेको विश्व कप फुटवल प्रतियोगितामा विभिन्न फुटवल टीमको हारजितमा विभिन्न व्यक्तिहरुसंग नगद लाभ लिने दिने गरी अवैध रुपमा सट्टाबाजी खेल खेलाउने कार्यमा संलग्न ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका१६ म्हैपी बालाजु बस्ने २२ वर्षीय प्रकट महर्जन, काठमाडौं महानगरपालिका २० रामघाट बस्ने २२ वर्षीय रेजिन महर्जन र काठमाडौं महानगरपालिका १५ चागल बस्ने २५ वर्षीय सुजेन शाही रहेका छन् । 

उनीहरुलाई प्रहरीले काठमाडौं महानगरपालिका९१५ बज्रहोटल नजिकबाट नगद ६ लाख ९९ हजार रुपैयाँ र उनीहरुले प्रयोग गर्दै आएको मोवाईल ४ थान सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?