माल्दिभ्समा मास्क अनिवार्यरूपमा लगाउनु पर्ने प्राबधानको अन्त्य

लोकपथ
35
Shares

माल्दिभ्सको स्वास्थ्य सुरक्षा निकाय (एचपीए) ले कोभिड नियन्त्रणका लागि अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्थालाई अन्त्य गरेको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् ।

कोभिड–१९ महामारीका कारण सन् २०२० को डिसेम्बरदेखि सार्वजनिक स्थलमा मास्क अनिवार्य लगाउनुपर्ने नियम लगाइएको थियो ।

राष्ट्रपति इब्राहिम मोहमद सोलिहले आइतबार देशभर कोभिड–१९ नियन्त्रणका लागि लागू गरिएको सार्वजनिक स्वास्थ्यका लागि आकस्मिक व्यवस्था हटाउने निर्णयको घोषणा गरेपछि अनिवार्य रूपमा मास्क लगाउनु पर्ने दिशानिर्देशलाई संशोधन गरेको हो ।

सार्वजनिक स्थानमा मास्क लगाउनु अब अनिवार्य नभए पनि ठूला जमघट जस्ता अवस्थामा लगाउनु उचित हुने एचपीएले बताएको छ ।

अस्पताल तथा स्वास्थ्य सेवा केन्द्रहरूमा र कोभिड–१९ को सङ्क्रमण दर २० प्रतिशत रहेको क्षेत्रमा भने सावधानी स्वरूप मास्क अनिवार्य रूपमा लगाउनु पर्ने एचपीएले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?