रानीपोखरीको पूनर्निर्माण केहि दिन हुने भएको छ ।
कामपाले दिएको जानकारी अनुसार पुनःनिर्माणको क्रममा यसअघि प्रयोग भएका आधुनिक निर्माण सामग्री रानीपोखरीबाट हटाइएको छ ।
पुरातत्व विभागबाट सहमति आएसँगै पुनःनिर्माणको काम शुरु हुने काठमाडौँ महानगपालिकाले जनाएको छ ।
त्यसका लागि साउनको पहिलो सातासम्म कुर्नुपर्छ ।
यसअघि रानीपोखरीमा कंक्रिट प्रयोग गरेर निर्माण थालिएको थियो ।
रानीपोखरीको पूननिर्माण अबको केही दिनमा नै शुरु हुने कामपाले जनाएको छ ।
१८ महिनादेखि निर्माण कार्य भइरहेको रानीपोखरीमा आधुनिक निर्माण सामग्री प्रयोग भएको चौतर्फी विरोध आएपछि विगतमा निर्माणको क्रममा प्रयोग भएको आधुनिक निर्माणको सामग्री सबै हटाइएको हो ।
भूकम्प जानुअघि जस्तो अवस्थामा रानीपोखरी रहेको थियो अब निर्माण हुने रानीपोखरी सोहि अवस्थामा बनाईनेछ ।
२०७२ सालको भूकम्पको कारण रानीपोखरी र पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर ग्रन्थकुटशैलीमा बनाईएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया