सिरिया द्वन्द्व : पौने तीन लाख जना विस्थापित !

सिरिया द्वन्द्व ।

हामीले हरेक दिन सुन्दै आएका छौँ । 

बम बारुद । 

कोलोहाल अवस्था । 

कतै क्रुरतापूर्वक हवाई त कतै स्थल आक्रमण ।  

पछिल्लो समय दक्षिण सिरियाबाट एउटा तथ्याङ्क सार्वजनिक भएको छ ।

झण्डै दुई हप्तादेखि भइरहेको क्रुरतापूर्वक हवाई तथा स्थल आक्रमणबाट स्थानीय बासिन्दा निकै त्रसित भएका छन् ।  विद्रोहीहरूको नियन्त्रणमा रहेको दक्षिणी सिरियाको डारा प्रान्तमा सरकारी सुरक्षाकर्मीहरूले आक्रमण गरेपछि द्वन्द्व फेरि बल्झिएको हो । 

द्वन्द्वको कारण दुई लाख ७० हजार जना विस्थापित भए । 

विस्थापितहरूको सङ्ख्या बढ्दै गएर पौने तीन लाख पुग्न लागेको संयुक्त राष्ट्रसंघीय निकायले सोमबार जनाएको छ । 

“दक्षिणी सिरियामा भएको लडाईका कारण विस्थापित हुनेहरुको संख्या झण्डै दुई लाख पुगेको अनुमान गरिएपनि विवरण संकलन गर्दा सम्म दुई लाख ७० हजार पुगेका छन्,” अम्मान स्थित राष्ट्रसंघीय निकाय युएनएचसीआरका प्रवक्ता मोहम्मद हवारीले बताए ।  

झण्डै दुई हप्तादेखि भइरहेको क्रुरतापूर्वक हवाई तथा स्थल आक्रमणबाट स्थानीय बासिन्दा निकै त्रसित भएका छन् । 

विद्रोहीहरूको नियन्त्रणमा रहेको दक्षिणी सिरियाको डारा प्रान्तमा सरकारी सुरक्षाकर्मीहरूले आक्रमण गरेपछि द्वन्द्व फेरि बल्झिएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?