भोलिदेखि मनसुन पातलिँदै जाने, आज कहाँ–कहाँ बाढीको खतरा ?

 काठमाडौं– केही दिनदेखि सक्रिय मनसुन, बुधबारदेखि कमजोर बन्दै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज  देशको पूर्वी र मध्य भूभागमा मध्यमदेखि भारीसम्मको वर्षा हुनेछ ।

तर, भोलिदेखि भने  मनसुन कम हुँदै जाने महाशाखाको पूर्वानुमान  छ । 

यस्तै आज झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, इलाम, ताप्लेजुङ, धनकुटा, ओखलढुंगा, दोलखा, सोलुखुम्बुलगायतका जिल्लाहरुबाट प्रवाह हुने खोलाहरुमा उल्लेख्य बहाव बढ्ने हुँदा महाशाखाले उक्त क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । 

मध्याह्नपछि खतराको तह पार हुने सम्भावना रहेको भन्दै महाशाखाले पश्चिमी भूभागका नदीहरुमा भने सतर्कता तह पार हुने सम्भावना न्यून रहेको जनाएको छ । 

महाशाखाले बुधबारदेखि देशका प्राय नदीहरुमा जलसतह केही घट्ने र सतर्कता तह तलै रहने पूर्वानुमान पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?