२२ जिल्ला न्यायाधीशलाई शपथ

काठमाडौँ- न्याय परिषद्बाट सिफारिश भएका २२ जना जिल्ला न्यायाधीशलाई आज पद तथा गोपनीयताको शपथ गराइएको छ ।
उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगानाले सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा उहाँहरुलाई संविधानबमोजिम शपथ गराउनुभयो । नेपाल न्याय सेवाका उपसचिव वा सोसरहका राजपत्राङ्कित द्वितीय श्रेणीमा कार्यरत उहाँहरु संविधानको धारा १४९ को उपधारा ९१० बमोजिम बढुवा भई जिल्ला न्यायाधीशमा नियुक्त हुनुभएको हो ।
न्यायपरिषद्को गत असार ७ गते बसेको बैठकले २२ जनालाई जिल्ला न्यायाधीशमा कामु प्रधानन्यायाधीश दीपकराज जोशीसमक्ष सिफारिस गरेको थियो । शपथ ग्रहण गर्नेमा सुदर्शन लामिछाने, खिमानन्द भुसाल, टिकेन्द्र दाहाल, वसन्तजंग थापा, चाणक्यमणि अर्याल, कपिलमणि गौतम, विदुर काफ्ले, धुव्रकुमार उप्रेती, चन्द्रकान्त पौडेल, राजेशकुमार कटुवाल, देवप्रसाद योगी, दिलप्रसाद सापकोटा, श्यामलाल घिमिरे, प्रेमप्रसाद न्यौपाने, प्रल्हादकुमार योगी, दीनबन्धु बराल, विनोद खतिवडा, दण्डपाणि लामिछाने, माधवप्रसाद सुवेदी, मणिराम न्यौपाने, गीता श्रेष्ठ र दुर्गा खड्का हुनुहुन्छ ।
यसअघि पहिलो पटक न्याय सेवा आयोगले खुला प्रतियोगिताबाट न्यायाधीशका लागि लिएको परीक्षाबाट उत्तीर्ण भएका १६ जिल्ला न्यायाधीशमा शपथ गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?