मनसुन सक्रिय भएसंगै कतै डुवान, कतै बाढी र पहिरो, जनजीवन प्रभावित

काठमाडौं । मनसुन सक्रियभएसंगै लगातारको अविरल वर्षका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ । 
वर्षाका कारण नेपाल मध्ये (मधेस) र पश्चिम तराईका विभिन्न भूभागहरु डुवानमा पर्दा जनजीवन प्रभावित भएको छ । 
बाढी र पहिरोका कारण तराई–पहाड जोड्ने सडकमार्गहरु अवरुद्ध भएका छन् । गृहमन्त्रालयले बाढी, पहिरो प्रभावितक्षेत्रका स्थानीयवासी सुरक्षित बस्न आग्रह गरेको छ । 
गृहमन्त्रालय विपद ब्यवस्थापन महाशाखाका प्रमुख सहसचिव केदार न्यौपानेले बाढी, पहिरो र डुवानबाट जोगिन सबैलाई सुरक्षित रुपले बस्न आग्रह गरिएको बताए । 
तराईका वीरगञ्ज, चितवनको दक्षिण भाग, नेपालगञ्ज, वर्दिया र कैलाली लगायतका क्षेत्रहरु डुवानमा परेको खवर प्राप्त भएको छ महाशाखा न्यौपानले भने–स्थानीय सरकार तथा सुरक्षा निकायसंग समन्वय गर्ने कार्य जारी छन् । 
बाढी पहिरो र डुवानका कारण मानवीय क्षति भएको छैन । बीरगञ्ज र नेपालगञ्जका केही बस्तीहरुमा पानी पसेको खवर आएको छ उनले थपे । 
यसैबीच, सरकारले बाढी, पहिरो र डुवान प्रभावित सर्वसाधारणको उद्धार तथा पुनस्र्थापनाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै रेडक्रस लगायत विभिन्न उद्धारकर्मीलाई परिचालन गरिएको छ । 
पहिरोका कारण नारायणघाट–मुग्लीङ सडक खण्डको विभिन्नस्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । बुटवल–पाल्पा सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध भएको छ । 
महाकाली नदीका कारण कञ्चनपुर जिल्लाको खेती योग्य भू–भाग कटान गर्ने सम्भावना बढेर गएको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । 
बाढी, पहिरो र डुवानबाट हुने सम्भावित दुर्घटना रोक्न सेनाको हेलिकप्टर सहितको सुरक्षाकर्मीको उद्धार टोली ‘स्टेण्डवाई’ अवस्थामा राखिएको छ । 
बाढीका कारण डुवान भएको र पहिरोका कारण सडक अवरुद्ध भएका स्थानमा ठूलोसंख्यामा सुरक्षाकर्मी तथा उद्धारकर्मी परिचालन गरिएको छ । 
गृह प्रवक्ता रामकृष्ण सुवेदीले भने–केही स्थानमा पानी पसेको खवर छ, त्यसको ब्यवस्थापनका लागि जनशक्ति परिचालन भइसकेको छ । 
तर, प्रहरी प्रधान कार्यालयका अनुसार, रोल्पा र कैलालीका बाढी र पहिरोका कारण चारजनाको मृत्यु भएको छ । 
रोल्पामा घरमाथिको भित्ता खसेर सुत्ेकरी महिला सहित तीनजना र कैलालीमा एकजनाको मृत्यु भएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?