रोल्पा । रोल्पा रुन्टिगढी गाउपालिका –५ सैवाङमा घर पुरिँदा एउटै परिवारका तीनजनाको मृत्यु भएको छ । भान्सामा आगो तापेर बसेका तीनजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा १८ दिनकी सुत्केरी २२ वर्षीया कमला विश्वकर्मा, उनकी १८ दिनकी छोरी र जेठाजुको छोरी १५ वर्षीया चित्रा विश्वकर्मा रहेका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।
तीनैजनाको शव परीक्षणका लागि होलेरी प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ । घट्नास्थल सदरमुकाम लिवाङबाट दुई दिनको पैदल दूरीमा पर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया