यस्तो रहनेछ आज दिनभरको मौसम

लोकपथ
35
Shares

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शनिबार बिहान गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी भूभागमा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
यस्तै दिउँसो प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

यस्तै प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको उच्च हिमाली भूभागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति भने देशभर मौसम सामान्यतया सफा रहने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?