१. एमसीसी आयोजनाको ठेक्का लिन निर्माण व्यवसायीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रह, एमसीसी परियोजनाको अन्तर्राष्ट्रियस्तरमा टेण्डर हुने भएकाले नेपालले पनि भाग लिनसक्ने भनाइ ।
२. निर्वाचन आयोगले गर्यो स्थानीय तह निर्वाचन तयारीको सम्बन्धमा राजनीतिक दलहरुसँग छलफल, राष्ट्रिय मान्यता नपाएका राजनीतिक दलहरुलाई पनि उनीहरुकै निर्वाचन चिन्ह दिने सम्बन्धमा आयोग सकारात्मक ।
३. जनतामा रहेको सार्वभौमसत्ताको मजाक उडाइएको एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ, अमेरिकी षडयन्त्रकै कारण विधानभन्दा बाहिर गएर आफू नेतृत्वको सरकार ढाल्ने काम भएको जिकिर ।
४. माओवादीले देशलाई ठूलो दुर्घटनाबाट बचाएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइ, देशलाई असफल पार्ने षड्यन्त्र रचिरहेकाहरुविरुद्ध माओवादी लडेर सफल भएको दाबी ।
५. एमसीसीका शर्तहरु अन्य वैदेशिक सहायताभन्दा पारदर्शी र खुकुला रहेको सञ्चारन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको दाबी, एमसीसीले देशको दिगो आर्थिक विकासमा सहयोग पुर्याउने प्रतिक्रिया ।
६. राजश्व अनुसन्धान विभागद्वारा बोटलर्स नेपालविरुद्ध कर छलिको अभियोगमा मुद्दा दायर, ७ अर्ब ४३ करोड बिगो दाबी ।
७. बञ्चरेडाँडा ल्याण्ड फिल्ड साइट व्यवस्थापन गर्न उच्चस्तरीय समिति बनाउने मन्त्रिपरिषद्को निर्णय, फोहोरबाट स्थानीय तहमा पर्ने प्रभाव न्यूनिकरण गर्न सम्बन्धित निकायलाई सरकारको निर्देशन ।
८. भोलि हुने भनिएको भन्सार एजेन्टको लिखित परीक्षा अनिश्चितकालका लागि स्थगित, चैत ६ गतेसम्म परीक्षा नगर्न उच्च अदालतको अल्पकालिन अन्तरिम आदेश ।
९. रसुवागढी नाकाबाट आयात बढाउन चीन–नेपाल सहमत, मंगलबारदेखि दैनिक १४ वटा कन्टेनरमा सामग्री नेपाल आउने ।
१०. पछिल्लो २४ घण्टामा गरिएको ७ हजार ९ सय ८१ परीक्षणमा ७७ जनामा कोरोना संक्रमण फुष्टि, १८९ जना संक्रमणमुत्त, १ जनाको मृत्यु ।
११. ७ महिनामा ११ खर्ब ४७ अर्बको वस्तु आयात, व्यापार घाटा १० खर्ब १५ अर्ब नाघ्यो ।
१२. रुसी राष्ट्रपति पुटिनविरुद्ध हिंसात्मक अभिव्यक्ति दिन फेसबूकले दियो छुट, रुसी नागरिकविरुद्ध हिंसाको आह्वान गर्न भने नपाइने ।
१३. पश्चिमा प्रतिबन्धको जवाफमा रुसद्वारा दुई सयभन्दा बढी वस्तुको निर्यातमा रोक, रुसी निर्यात प्रतिबन्धले अमेरिका र ईयूसहित करिब ४८ देश प्रभावित हुने ।
१४. सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल खेलमा नयाँ बस्ती युथ क्लबको दोस्रो जित, ब्वाईज युनियन क्लब ३–२ गोल अन्तरले पराजित ।
१५. र, पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि भोलि मनाङ मर्स्याङदी र फ्रेन्ड्स क्लब भिड्दै, विजेताले २१ लाख नगद पुरस्कार प्राप्त गर्ने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया