रोकिएन सुन तस्करीः नाकढुंगाबाट ९ केजी सुन बरामद

काठमाडौं –प्रहरीले उपत्यकामा भित्रिने मुख्य नाका नागढुंगाबाट ९ किलो सुन बरामद गरेको छ ।

आइतबार ६ केजी र शनिबार ३ केजी सुन बरामद भएको हो ।

आइतबार सुनसहित सिन्धुलीपाल्चोकका २३ बर्षीय तेन्जिङ तामाङ पक्राउ परेका छन् ।

धादिङ हुँदै काठमाडौं आउँदै गरेको बा। ९५ प ८१६४ न। को पल्सर मोटरसाईकल जाँच गर्दा सुन भेटिएको थियो ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएका प्रहरी निरीक्षक केशव भट्टको टोलीले आइतबार साँझ ७ बजे सुन बरामद गरेको हो ।

प्रहरीका अनुसार तामाङले विशेष खालको पेटीको फल्स बटमभित्र सुन लुकाई काठमाडौं ल्याउँदै थिए । आजको नयाँ पत्रिकामा  खबर छापिएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?