धनगढी। नेपाल–भारत सीमा क्षेत्रमा हरेक भारतीय नागरिकले नजिकमा रहेको पिल्लरमा हरेक वर्ष एक दिन पूजापाठ गर्दै आएका छन्।
कैलाली–कञ्चनपुर जोड्ने भारतीय सीमा क्षेत्र हो त्रिनगर नाकामा बिहीबार बिहान ११ बजेको समयमा आज पूजा गरिएको छ । भारतको उत्तराखण्ड पलिया कला खिरीका स्थानीय सहित भारतीय सिमा सुरक्षा वलका सुरक्षाकर्मीसहित सीमामा पुगेर नेपाल–भारत पिल्लर ७५३:१७१ नम्बरमा । ब्यानरमा लेखिएको थियो–’सिमा रेखा पूजन ।’
भारतीय विद्यार्थी, नागरिकसहित सो पिल्लरमा पुगेका उनीहरुले पुजापाठ गरि फर्केका थिए । सीमा सुरक्षा बलका कमाण्डर मुन्ना सिंहले भने–‘हामीले हरेक वर्ष एक दिन सिमाको मुख्य पिल्लरमा पूजापाठ गर्दै आईरहेका छौं ।’

उनका अनुसार सीमा क्षेत्र नजिक रहेका हरेक नागरिकलाई आफनो भुमीबारे जानकारी दिन सो पुजन (पूजा) गरिँदै आएको छ ।
त्रिनगर नाका दशगाजा क्षेत्र हो । भारत तथा नेपालले कुनै पनि पूर्वाधार निर्माण गर्न नपाउने सो क्षेत्रमा भारतीयहरुको ज्यादति बढ्दै गएको नेपालीहरुको दाबी रहेको छ । नेपालीहरुले ठेला गाडा राखेर व्यापार गर्दा भारतीय पक्षहरु हटाउने गर्छन्। तर, भारतीयहरुले केही गर्दासमेत नेपाली सुरक्षा वल मौन बस्छन्। बिहीबार भारतीय पक्षले पिल्लरको पुजन गर्दै गर्दा नेपाली सुरक्षाकर्मीहरु भने मौन बसेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया