काठमाडौं :नेपाल भारत प्रबुद्ध समूह (ईपीजी) ले साझा प्रतिवेदन तयार गरेको छ ।
नेपालको राजधानी काठमाडाैंमा शुक्रबारदेखि समूहको अन्तिम बैठक बसेको थियो । सो बैठकमार्फत साझा प्रतिवेदन तयार गरी समूहले अाफ्नो काम टुंग्याएको जनाएको छ ।
साझा प्रतिवेदन तयार गरिएको भनिएपनि सवै विषयवस्तु भने सार्वजनिक गरिएको छैन ।
वि.सं. २०७३ असार २० गते नेपाल र भारतका प्रधानमन्त्रीको सहमतिमा प्रबुद्द समूह गठन गरिएको थियो। असार २० गतेसम्म कार्यकाल रहेको र्इपीजीमा नेपालका तर्फबाट डा. भेषबहादुर थापा संयोजक थिए भने नीलाम्बर अाचार्य, सूर्यनाथ उपाध्याय र राजन भट्टरार्इ सदस्य थिए ।
यस्तै, भारतको तर्फबाट भगतशिंह कोसिहारीको संयोजकत्वमा जयन्तप्रसाद, महेन्द्र पी. लामा र बीसी उप्रेती र्इपीजीमा संलग्न थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया