काठमाडौं । अनुप र शिल्पा विवाहबन्धनमा बाँधिदै छन् ।
तर उनीहरु रियल लाईफमा होईन । रिल लाईफमा विवाह बन्धनमा बाँधिन लागेका हुन् ।
असार २९ गतेबाट रिलिज हुने नेपाली चलचित्र वीराङ्गनामा अनुप विक्रम शाही र शिल्पा पोखरेल विवाह वन्धनमा बाँधिन लागेका हुन् ।
चलचित्रले यस अघि यो तस्बिर सार्वजनिक गरेको थिएन ।
हालै फिल्मका निर्माण टिमले नायक अनुप विक्रम शाही सुटिङमै व्यस्त भएको र फिल्मको प्रमोशनमा साथ नदिएको भन्दै प्रचारलाई सहयोग हुनसक्ने गरि फिल्म भित्रको पोस्टर सार्वजनिक गरिएको छ ।
महिला शसस्त्र प्रहरीको विरतामा आधारित चलचित्र वीराङ्गना लभस्टोरी एक्शन जान्र्रामा निर्माण गरिएको फिल्म हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया