पाकिस्तानी प्रधानमन्त्री खानविरुद्ध अविश्वासको प्रस्ताव

लोकपथ
238
Shares

पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वास प्रस्ताव आएको छ । विपक्षी दलहरूको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्टले खानविरुद्ध अविश्वास प्रस्ताव पेश गरेको समाचारमा जनाइएको छ ।
पाकिस्तानको संविधान अनुसार अविश्वासको प्रस्ताव पारित गर्न साधारण बहुमत चाहिन्छ । पाकिस्तानको राष्ट्रिय सभामा ३४२ सदस्य छन्। अर्थात् अविश्वासको प्रस्ताव पारित हुनको लागि त्यसको पक्षमा १७२ मत आवश्यक पर्छ । प्रस्तावलाई १७२ सदस्यको समर्थन प्राप्त भएमा इमरान खानले सत्ता छोड्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?