प्रधानमन्त्री मोदीले भने- ‘आर्टिफिसियल इन्टेलिजेन्सले कृषि उत्पादनमा वृद्धि गर्नेछ’

लोकपथ
84
Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्टिफिसियल इन्टेलिजेन्सले कृषि उत्पादनमा वृद्धि गर्ने बताएका छन्।

२१ औँ शताब्दीमा कृषि उत्पादन वृद्धिका लागि परम्परागत कृषि प्रणालीले काम गर्न नसक्ने उल्लेख गर्दै प्रविधिको विकासलाई अवलम्बन गर्नुपर्ने बताएका हुन्। प्रधानमन्त्री नरेन्द्र मोदीले कृषि आय बढाउनका लागि नयाँ प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताएका छन्।

कृषि र केन्द्रीय बजेटका विषयमा आयोजित वेबिनारलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले पछिल्ला दुई वर्षमा सात हजारभन्दा बढी कृषि स्टार्टअपहरू सुरु गरिएको र नयाँ प्रविधिहरूले कृषि उत्पादनको वृद्धिलाई अगाडि बढाउने बताएका छन्।

प्रधानमन्त्री मोदीले प्रधानमन्त्री किसान योजनाको तेस्रो वार्षिकोत्सवमा प्रवेश गरेको स्मरण गराउँदै भने, “यो योजना देशका साना किसानहरूको लागि निकै लाभदायक सिद्ध भएको छ। यस योजना अन्तर्गत ११ करोड किसानहरूलाई लगभग १।७५ लाख करोड रुपैयाँ सहयोग गरिएको छ।’’

प्रधानमन्त्री मोदीले आर्थक वर्ष २०२२-२३ को बजेट कृषिलाई अब्बल र दिगो बनाएर रूपान्तरण गर्नेमा केन्द्रित गरिएकोसमेत बताएका छन्। त्यसका लागि कृषि उत्पादनको न्यूनतम समर्थन मूल्यलाई पनि कायम गरिएको उनले बताए। ुगंगाको दुबै किनारमा पाँच किलोमिटर भित्र मिशन मोडमा प्राकृतिक खेती गर्ने लक्ष्य छ। कृषकलाई कृषि तथा बागवानीमा आधुनिक प्रविधि उपलब्ध गराइनेछ। खाद्य तेलको आयात घटाउन मिसन आयल पामलाई सुदृढीकरणमा जोड दिइएको छ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?