उज्वेकिस्तानका राष्ट्रपति पाकिस्तान भ्रमणमा

लोकपथ
42
Shares

उज्वेकिस्तानका राष्ट्रपति शाभ्कात मिर्जियोयेभ पाकिस्तान भ्रमणमा पुगेका छन् ।
दुई दिने भ्रमणका लागि उनी बिहीबार पाकिस्तानको राजधानी इस्लामावाद पुगेका हुन् । उनलाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले स्वागत गरेका छन्।

सन् २०१६ मा उनले सरकारको नेतृत्व गरेपछि उज्वेकिस्तानका राष्ट्रपतिको यो पहिलो भ्रमण भएको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ ।

उज्वेकिस्तानका राष्ट्रपति मिर्जियोयेभले पाकिस्तानी प्रधानमन्त्रीसँग एकल वार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनले अन्य भेटवार्ता तथा छलफल गर्ने कार्यतालिका रहेको मन्त्रालयद्वारा जारी वक्तव्यमा जनाइएको छ ।

भेटवार्ता तथा छलफलका क्रममा उनले दुई पक्षीय हित, आपसी सम्बन्ध र सहकार्यका साथै साझा चासो र सरोकारका विषयमा कुराकानी गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?