महाकाली सन्धि गर्दाको कलंक एमसीसी अस्वीकार गरेर मेट्न देउवालाई सुवालको सुझाव

लोकपथ
0
Shares

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले एमसीसी कुनै हालतमा पनि पास गर्न नहुने बताएका छन् ।

आइतबार जारी प्रतिनिधिसभाको दोस्रो बैठकमा एमसीसीको व्याख्यात्मक घोषणामाथिको सहभागी हुँदै उनले एमसीसीअन्तर्गतको खर्च सैन्य बजेट भएको बताएका छन् ।

सैन्य रणनीति अन्तर्गतको बजेट भएकाले एमसीसी सम्झौता पारित गर्न नहुने उनको भनाइ छ ।

सुवालले महाकाली सन्धि गर्दाको कलंक एमसीसी अस्वीकार गरेर कम गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?