काठमाडौं । युद्ध मानवताको लागि निकै खतरनाक हुन्छ । त्यसैले शान्ति मानव जीवनको चाहना हो। रुस र युक्रेनबीचको भीषण युद्धको बीचमा सामाजिक सञ्जालमा एउटा तस्बिर निकै भाइरल भइरहेको छ । उक्त तस्बिर मानिसहरुले निकै मन पराइरहेका छन् ।
तस्बिरमा एक जना रुसी नागरीकले हातमा प्ले कार्ड लिएका छन् । उक्त प्ले कार्डमा आइ एम रसियन सरी फर्द्याट लेखिएको छ ।
रुसले युक्रेनमा आक्रमण गरेको छ । यसले लाखौं मानिसलाई विस्थापित गरेको छ र सयौंको मृत्यु भएको छ। दुवै देशमा भयंकर युद्ध चलिरहेको छ । यस्तो अवस्थामा भाइरल तस्बिरले विश्वलाई शान्ति, प्रेम र सहअस्तित्वको सन्देश दिएको छ ।
युक्रेनका धेरै सहरमा रुसले बमबारी गरिरहेको छ । राजधानी किभ कब्जा गर्ने अन्तिम तयारी भइरहेको छ, तर राष्ट्रपति जेलेन्स्कीले मैदान छाड्न अस्वीकार गरेका छन्। उनी र उनको सेनाले रुससँग लडिरहेका छन्। दुई देशबीच कूटनीतिक समाधानका लागि भएका सबै प्रयास असफल भएका छन् । रुसी सेनाले जुनसुकै बेला किभ कब्जा गर्न सक्छ र जेलेन्स्की र अरूलाई हिरासतमा लिन सक्छ। यस्तो अवस्थामा सामाजिक सञ्जालमा यो तस्बिरमार्फत शान्ति प्रेमीहरूले युद्ध बन्द गर्न आग्रह गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया