संसद बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

लोकपथ
441
Shares

बिहीवार प्रतिनिधिसभा बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा अमेरिकी सहयोगको एमसीसी सम्झौताबारेको छलफल परेको छ ।

संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जारी गरेको सम्भावित कार्यसूचीको पहिलो नम्बर कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८’ पेश गरिने जनाइएको छ ।

कार्यसूचीको दोस्रो नम्बरमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने जनाइएको छ । तर शर्मा पाल्पा एक कार्यक्रमका लागि भन्दै पुगेका छन् । यसअघि एमसीसी टेबल गर्ने दिन पनि उनी संसदमा थिएनन् ।

एमसीसीले सत्तारुढ गठबन्धनमा विवाद चर्किंदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?