चारा घोटाला काण्ड : लालु यादवलाई ५ वर्ष जेल सजाय

लोकपथ
210
Shares

काठमाडौं । विहार–विहारका पूर्वमुख्यमन्त्री तथा आरजेडीका नेता लालु यादवलाई पाँचौँ चारा घोटला काण्डमा अदालतले ५ वर्ष जेल सजाय सुनाएको छ ।

विशेष अदालतले सोमबार यादवलाई ६० लाख भारु जरिवाना समेत तोकेको छ ।

लालुलाई अदालतले १५ जनवरीमा दोषी ठहर गरेको थियो । सो काण्डमा तानिएका ९९ जनामध्ये २४ जनालाई अदालतले सफाइ दिएको दिएको थियो ।

त्यस्तै, ४६ दोषीलाई तीन वर्ष जेल सजाय सुनाइएको थियो ।

यसअघि चारवटै चारा घोटला काण्डमा उनी दोषी ठहर भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?