काठमाडौं । नेपालमा पछिल्ला दिनहरुमा दैनिक कोरोना संक्रमितको संख्या ओरालो लागेको छ ।
पछिल्लो २४ घण्टामा थप २ सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसअघि शनिबार नेपालमा ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको थियाे ।
देशभर ९ हजार ८ सय १५ जनाको परीक्षण गर्दा २२९ जनाको पीसीआर र ३३ जनाको एन्टीजेन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी देशभरबाट थप १ हजार ३ सय ३८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । भने हाल नेपालमा १२ हजार २ सय ४४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया