काठमाडौं । दक्षिण एशिया क्षेत्रमा स्थिरताको निम्ति भारत र अमेरिकाले मिलेर काम गर्ने बताइएको छ। व्हाइट हाउसको मुख्य उप प्रेस सचिव काराइन जीन पियरेले भारत क्षेत्रीय विकासको इन्जिन रहेको भन्दै त्यस क्षेत्रमा मिलेर काम गर्ने बताए।
उप प्रेस सचिवले भारतलाई दक्षिण एशिया र हिन्द महासागरमा एक समान विचारधारा भएको मित्र भएको बताउँदै दक्षिण पूर्व एशियामा पनि सक्रिय रही अमेरिकासित जोडिएको बताए ।
व्हाइट हाउसमा संवाददाताहरूसित कुराकानीमा केही दिनअघि अमेरिका, भारत, जापान र अस्ट्रेलियाको संगठन क्वाडका विदेश मन्त्रीहरूको सम्मेलनको चर्चा गर्दै जीन पियरेले भने, ‘यस सम्मेलनले यूक्रेनमाथि आईरहेको आफतमाथि चर्चा गर्ने अवसर दिएको छ। विदेश मन्त्रीहरू रूसको आक्रामकताविरुद्ध यूक्रेनको निम्ति मात्र नभइ पूरा विश्वको निम्ति अघि आएको समेत भनेका छ।’
क्वाड सदस्यहरूको बैठकहरूमा अन्तरराष्ट्रिय व्यवस्थाको निम्ति रूसद्वारा उत्पन्न भैरहेको चुनौतीहरू र यूरोपेली सहयोगीहरूको समर्थन गर्ने तत्परतामाथि पनि चर्चा हुनेछ । भारतको साथ अमेरिकाले एक रणनीतिक साझेदारी गरिराख्नेछ जसमा अमेरिका र भारतले दक्षिण एशियामा स्थिरतालाई प्रोत्साहन दिने काम गर्नेछन्। स्वास्थ्य, अन्तरिक्ष, साइबर स्पेस जस्ता नयाँ क्षेत्रहरूमा सहयोग गर्नका लागि दुवै देश साथमा आउनेछन् र एक स्वतन्त्र र खुल्ला हिन्द-प्रशान्तको निम्ति मिलेर काम गर्नेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया