जुम्ला । तातोपानी गाउँपालिका-८ मा हिउँमा फसेका नागरिकलाई राहत दिएर हेलिकोप्टर फर्किएको छ ।
गाग्रीलेकको पाटनमा जडिबुटी संकलन गर्न गएका सर्वसाधारण भारी हिमपातमा फसेपछि कर्णाली प्रदेश सरकारले हेलिकोप्टरमार्फत राहत वितरणको व्यवस्था मिलाएको हो। बिहीबारदेखि परेको हिमपातका कारण जडिबुटी संकलन गर्न पाटन गएका तातोपानी-८ का ३४ जना हिउँमा फसेका हुन् ।
स्थानीयका अनुसार गाग्रीको लेक ऐडी ओढारमा र खोटी सल्लामा बसिरहेका उनीहरूलाई राहत सामग्री दिएर हेलिकोप्टर फर्किएको हो । हिउँ बाक्लो जमेकाले उनीहरू सहजै घर फर्कने अवस्था नभएकाले प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले बताइन । सोही कारण उनकै पहलमा कर्णाली सरकारले खाद्यन्न खसालेको हो ।
हेलिकोप्टरले ऐडि ओडार, गाग्री ओडार, खोटी सल्लामा बसेका नागरिकलाई राहत दिएर फर्किएको तातोपानी(८ का सुरत बहादुर शाहीले बताए । जडिबुटी (खिरौलो) कोर्न गएका गएका ३४ जना यहाँ फसेको खबर आएको उनले बताए । हेलिकोप्टर ल्याण्ड गर्ने अवस्था नभएपछि राहत वितरणको व्यवस्था मिलाइएको हो ।
यस अछि ५५ जना हिउँमा फसेको खबर आए पनि प्रशासनमा ३४ जनाको लिष्ट आएको प्रमुख जिल्ला अधिकारी प्रसाईले बताइन । उनले भनिन्, राहत दिने स्थानमा २० जना जति देखिएको र सबै सहकुसल रहेको अनुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया