काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ५ सय ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १७ हजार ६ सय ७४ जनाको परीक्षण गर्दा ३ हजार ६ सय ५७ जनाको पीसीआर र १ हजार ९ सय २६ जनामा एन्टीजेन पुष्टि भएको हो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप ८ हजार २ सय ६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ७१ हजार १ सय ६५ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप ९ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७ सय ५२ पुगेको छ ।
हाल नेपालमा ७४ हजार ६ सय ५३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया