ब्रिटिस कलेजले सत्यम स्कुल व्यवस्थापन गर्ने

लोकपथ
63
Shares

काठमाडौं । ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले चितवनको भरतपुरस्थित सत्यम जेभियर्स इंग्लिस बोर्डिङ स्कुलको व्यवस्थापन गर्ने भएको छ । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एक मात्र शैक्षिक संस्था टीबीसीले सत्यम स्कुलको व्यवस्थापन गर्न लागेको हो ।

सत्यम स्कुल ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको टीबीसीको व्यवस्थापनमा आएसँगै दक्षिण नेपालको अग्रणी शैक्षिक संस्थाहरुमध्येको एक बनाउनको लागि केही उल्लेखनिय परिवर्तनहरु हुने भएका छन् । अब सत्यम स्कूलबाट विश्वस्तरिय शिक्षा प्रदान गर्नको लागि अत्याधुनिक भौतिक सुविधाहरु सँगै बेलायतका अनुभवी फ्याकल्टीहरूको प्रत्यक्ष निगरानी रहने भएको छ ।

व्यवस्थापनसँगै स्कुल ब्रिटिस एजुकेशन ग्रुपको एक हिस्सा बन्नेछ । ब्रिटिस एजुकेशन ग्रुपले काठमाडौँ, लण्डन तथा दुबईमा कलेजहरु सञ्चालन गर्दै आइरहेको छ । साथै, यसै ग्रुपले नेपालका बिभिन्न क्षेत्रहरुमा रहेका स्कुलहरुको व्यवस्थापन पनि थालेको छ, भने त्यसैगरी पोखरामा छिट्टै स्कुल खोल्ने अवस्थामा रहेको छ । करिब ६ महिना अघि लुम्बिनी प्रदेशस्थित नमस्ते ऐकेडेमी रुपन्देही पनी यो ग्रूपअन्तर्गत अगाडी बढ्न सूरू गरीसकेको छ।

नमस्तेपछि कलेजले सत्यमको पनि व्यवस्थापन गर्न लागेको हो । लामो समयदेखि ब्रिटिश कलेजको सल्लाहकार समितिमा रहेका तथा ब्रिटिश एजुकेशन ग्रुपका वरिष्ठ सल्लाहकार पाउल क्ल्भ्सि एमबीईले छोटो समयमा नै नमस्ते एकेडेमीको कूसल व्यवस्थापनको बाटोमा देखीन यो समूह सफल भएकोले सत्यम स्कूलको ब्यवस्थापन पनि राम्रो हुने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?