आज दिनभरका मुख्य १५ समाचार हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
84
Shares

१. एमसीसी प्रस्ताव पारित गर्न गठबन्धनका नेताहरूमाथि प्रधानमन्त्री शेरबहादुर देउवाको दबाब, गठबन्धनभित्र अन्यौलता, छलफलका लागि समय माग ।

२. सोमबार देशभर ५ हजार २ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि, ८ हजार १ सय ९१ जना संक्रमणमुक्त, ८ जनाको मृत्यु ।

३. प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दबाब दिने, स्थानीय तह निर्वाचनका लागि पार्टीका सम्पूर्ण मातहत कमिटीलाई तयारीमा जुट्न निर्देशन ।

४. एमसीसी सम्झौता राष्ट्रहितविपरीत रहेकाले सदनबाट पारित गर्न नहुने नेकपा एमालेका नेता भीम रावलको भनाइ, एससीसी लागू भएमा नेपालले आत्मनिर्णयको अधिकार गुमाउने दाबी ।

५. निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझायो, नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पनि पेस ।

६. २४ लाख मात्रा खोप हराएको खुलासा भएपछि स्वास्थ्य मन्त्रालयले माग्यो तथ्यांक, प्रदेश, जिल्ला र स्थानीय तहका स्वास्थ्य मातहतले माघ २१ गतेभित्र तथ्यांक उपलब्ध गराउनुपर्ने ।

७. एमसीसीलाई लिएर बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीच दोहोरी, भट्टराई एमसीसी पारित गर्ने पक्षमा, श्रेष्ठ संशोधनपछि मात्रै पारित गर्नुपर्ने पक्षमा ।

८. स्थानीय तहको निर्वाचनको मिति छिटो घोषणा गर्न सरकारलाई नेकपा एमालेकी सचिव पद्मा अर्यालको आग्रह, स्थानीय तहको निर्वाचन वैशाखभित्रै सम्पन्न गर्नुपर्नेमा जोड ।

९. गृहमन्त्री बालकृष्ण खाँणले गरे १२ जिल्लाका प्रहरी प्रमुखलाई टेलिफोन, जिल्लाको शान्ति सुरक्षाको अवस्था, प्रहरीको रासनभत्ता र कोरोना प्रभावबारे जानकारी लिए ।

१०. कोभिड–१९ का कारण स्थगित त्रिविको परीक्षाहरू फागुनमा गर्ने तयारी, परीक्षा सञ्चालनको विषयमा २० गतेभित्रै सूचना प्रकाशन गरिने ।

११. सेयर बजारमा दोहोरो अंकको गिरावट, नेप्से परिसूचक १४ दशमलव ४८ अंकले घट्दा ५ अर्बको कारोबार, कारोबारमा एचआईडीसीएल अब्बल ।

१२. अमेरिकास्थित अफगान दूतावास बन्द गर्ने अमेरिकाको निर्णय, कूटनीतिज्ञहरूको उन्मुक्ति पनि खोसियो ।

१३. चीनमा जनसंख्या बढाउन विभिन्न कम्पनीहरूले दम्पतीलाई सन्तान जन्माउन थप सुविधा दिन थाले, डाबिनाङले कुनै दम्पतीले तेस्रो बच्चा जन्माएमा १८ लाख ४० हजार रुपैयाँ र आमालाई एक वर्ष तलबी बिदा दिने ।

१४. राष्ट्रिय महिला भलिबल टोलीलाई सरकारले जनही पाँच लाख पुरस्कार प्रदान गर्ने, प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार कार्यक्रमको आयोजना हुँदै ।

१५. र नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण खेल भोलि हुने, दशरथ रंगशालामा साँझ ४ः४५ मा सुरु हुने खेलमा लगातार दोस्रो जित हात पार्ने लक्ष्यमा नेपाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?