एमाले अध्यक्ष ओलीलाई कारबाहीको माग गर्दै प्रशासनमा उजुरी

लोकपथ
259
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा निवेदन परेको छ ।

ओलीले संक्रामक रोग ऐन २०२० विपरित कार्य गरेको भन्दै कारबाहीको मागसहित प्रशासनमा उजुरी परेको हो ।

आइतबार भक्तपुर सूर्यविनायक नगरपालिकाका अभिजित अधिकारीले एमाले अध्यक्ष ओलीलाई संक्रामक रोग ऐन २०२० विपरित कार्य गरेको भन्दै कारवाहीको मागसहित निवेदन दिएका हुन् ।

उजुरीकर्ता अधिकारीले ओलीले आफू कोरोना संक्रमित भएको अवस्थामा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ भक्तपुरले आयोजना गरेको कार्यक्रममा सहभागी भइ हुलहुज्जत गरी आफू सामान्य संक्रमित मात्रै भएको भाषण गरेको उल्लेख निवेदनमा उल्लेख गरेका छन् ।

‘कोरोना संक्रमित केपी शर्मा ओलीको उपस्थिति र उल्लेखित भाषणको बारेमा विभिन्न पत्रपत्रिका, एवम् सञ्चारमाध्यममा समेत समाचार सम्प्रेषण भएका छन् । उक्त समाचारहरु र तस्वीर यसै निवेदनका साथ पेश गर्दछौ ।’ निवेदनमा भनिएको छ ।, ‘‘यसरी आफु कोरोना संक्रमण फैलउने कार्य गरी संक्रामक रोग ऐन २०२० विपरित कार्य गरेकाले निज केपी शर्मा ओलीलाई कानुन बमोजिम आवस्यक कारवाही गरी पाउँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?