कास्की । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको हाइसबाट एक केजी बराबरको बिस्कुट आकारको सुनसहित एक जना पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका-३० पावर हाउसचोकबाट करिब १ किलो बराबरको बिस्कुटको आकारमा रहेको सुन जस्तो देखिने धातु सहित सोही महानगरपालिका-१५ रामबजार बस्ने २५ वर्षीय रेशम सुनारलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग. १ ख २९६९ नम्बरको हाईसलाई वडा प्रहरी कार्यालय गंगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाईसमा सवार सुनारलाई लुकाई ल्याएको उक्त परिमाणको धातु सहित फेला पारी पक्राउ गरेको हो ।
उनलाई पक्राउ गरी घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया