आज दिनभर के-के भए ? मुख्य १५ समाचार हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
0
Shares

१. नेपाली कांग्रेसद्वारा ३७ सदस्यीय कार्यसम्पादन समिति गठन, सभापतिमा पराजित डा. शेखर कोइरालादेखि रामचन्द्र पौडेलसम्म अटाए, केहीलाई अझै मनोनित गर्न बाँकी

२. पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ८ सय २७ जनामा कोरोना संक्रमण पुष्टि, ५ हजार ४ सय ३५ जना संक्रमणमुक्त, १० जनाको मृत्यु

३. १२ वर्षमाथिका ५९ प्रतिशत नेपाली नागरिकले पूर्ण मात्रा कोरोनाविरूद्धको खोप लगाएको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ, ५ देखि ११ वर्ष उमेर समूहका लागि २ महिनाभित्रै खोप अभियान सुरु गर्ने तयारी

४. माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लिए पार्टीबाट सरकारमा सामेल मन्त्रीहरुको कार्यविवरण, कामलाई जनमुखी बनाउँदै सरकारलाई सफल बनाउन निर्देशन

५. सम्भावित चुनावी परिणामसँग तर्सिएर सत्तारुढ गठबन्धन जालझेल रच्नतिर लागेको नेकपा एमालेका सचिव गोकर्ण बिष्टको आरोप, चुनावसँग भाग्ने पार्टीहरुबाट संविधान, लोकतन्त्र र जनादेशको संरक्षण हुन नसक्ने दाबी ।

६. वैदेशिक रोजगारको मुद्दामामिला हेर्न छुट्टै प्रहरी युनिटको स्थापना गर्न श्रममन्त्री कृष्णकुमार श्रेष्ठको प्रस्ताव, छु्ट्टै प्रहरी युनिट स्थापना भएमा वैदेशिक रोजगारीमा ठगिएकाहरुलाई छिटो न्याय दिलाउन सकिने विश्वास ।

७. संसदीय सुनुवाई समितिको कुनै औचित्य नरहेको माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङको भनाइ, समितिलाई प्रभावकारी बनाउने हो भने संघीय संसद ऐनलाई संशोधन गरेर अघि बढनुको विकल्प नरहेको तर्क ।

८. तीनै तहको निर्वाचन समयमै हुनुपर्ने राप्रपाका नेता कमल थापाको भनाइ, बहाना खोजेर वा संविधानमा छिद्र खोजेर चुनाव टार्न नहुनेमा जोड ।

९. नुवाकोटको पञ्चकन्या गाउँपालिकामा सामाजिक सुरक्षा भत्ताको रकम गायब भएको प्रकरणमा वडा सचिवसहित ३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर, सरकारी सम्पत्तिको बदनियत गरी हानीनोक्सानी गरेको अख्तियारको ठहर ।

१०. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन डेस्कका कर्मचारीले मोबाइल चलाउन नपाउने, ड्युटीमा रहँदा ‘मोबाइल साथमा नराख्न’ अध्यागमन विभागको निर्देशन ।

११. यस साता सेयर बजार मापक नेप्से परिसूचक १५१ दशमलव ६१ अंकले घट्यो, बजार पूँजीकरण पनि ३९ खर्ब २८ अर्बमा झर्यो ।

१२. दक्षिणी अफ्रिकामा आँधीसँगै आएको बाढीमा परी ७० जनाको मृत्यु, बाढीका कारण १ लाखभन्दा बढी मानिस विस्थापित ।

१३. कंगोमा विद्रोही समूह र सेनाबीच भिडन्त, भिडन्तमा परी ३३ सैनिक मारिए ।

१४. २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दी र एपीएफ भिड्दै, दुवै टिम एकअर्कालाई हराएर उपाधि हात पार्ने दाउमा ।

१५. र नेपाल र मरिससबीचको पहिलो मैत्रीपूर्ण खेल भोलि दशरथ रंगशालामा हुँदै, यो खेल केही सिक्ने र अनुभव बटुल्ने अवसर भएको राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङको भनाइ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?