महोत्तरी । सशस्त्र प्रहरी बलले महोत्तरीको महोत्तरी गाउँपालिकाबाट १ सय ६० किलोग्राम गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी छिनमस्ता बाहीनीबाट खटिएको टोलीले रानीरतवाडाबाट गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरी मधेश प्रदेशका बाहिनीपति गणेश ठाडामगरका अनुसार गणेश चौधरीको घरपछाडि रहेको परालको टौवाबाट १ सय ६० गाँजा फेला परेको हो ।
परालको टौवामा लुकाइराखेको १६ पोकामा १६० केजी गाँजा रहेको प्रहरीले जनाएको छ ।
बरामद भएको गाँजा थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई जिम्मा लगाउने तयारी भइरहेको ठाडामगरले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया