काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको २१ हजार ८ सय ८ परीक्षणमा ५ हजार ८ सय १६ जनाको पीसीआर र २ हजार २ सय १ जनाको एन्टीजेन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट ५ हजार २ सय ९२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ३७ हजार ४ पुगेको छ ।
त्यसैगरी हालसम्म नेपालमा ११ हजार ६ सय ८७ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा कोरोनाको कारण १५ जनाको मृत्यु भएको छ ।
पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्यामा कमि आएसँगै सक्रिय संक्रमितको संख्यामा समेत कमि आएको छ ।
हाल नेपालमा ९० हजार ५ सय ७६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया