१. राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरणअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुग्यो, पुरूषभन्दा महिलाको संख्या ६ लाख बढी ।
२. सातवटै प्रदेशमा राष्ट्रियसभा सदस्यको निर्वाचन सम्पन्न, १९ सिटका लागि भएको मतदानमा गठबन्धनकै हाबी ।
३. समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारीहरूलाई संघीय निजामती सेवामा फर्काउन नमिल्ने सर्वोच्चको फैसला, लोक सेवाको परीक्षा दिएर बसेका परीक्षार्थीको नतिजा प्रकाशित गर्न आदेश ।
४. पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४ सय ५४ जनामा कोरोना पुष्टि, ४ हजार ४ सय ३३ जना संक्रमणमुक्त हुँदा ५ जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या ९० हजार नाघ्यो ।
५ संविधानले व्यवस्था गरेअनुसार नै स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरिने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको भनाइ, मुलुकको आन्तरिक एकतालाई मजबुद बनाएर अघि बढ्ने प्रतिबद्धता ।
६. खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित १८ जनाविरुद्ध एक अर्बभन्दा बढी बिगोसहित भष्टाचारको मुद्दा, निजी उद्योग, कम्पनीलाई फाइदा पुर्याउँदै राज्यलाई अरर्बौ राजस्व घाटा लगाएको अख्तियारको दाबी ।
७. स्थानीय तहको चुनाव संविधान र कानुनअनुरुप हुनुपर्ने नेकपा एकीकृत समजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाइ, तीनै तहको निर्वाचन एकैपटक गराउन सके खर्च कम लाग्ने प्रतिक्रिया ।
८. अब व्यवसायीले भन्सार महसुल अनलाइनबाटै तिर्न सक्ने, भन्सारमा नयाँ–नयाँ प्रविधि जोड्दै आगामी दिन भन्सारलाई स्वचालित प्रणालीमा विकास गर्दै लैजाने अर्थमन्त्री जनार्दन शर्माको प्रतिबद्धता ।
९. देश र धर्म बचाउन राप्रपाको अभियानमा सहभागी हुन युवालाई अध्यक्ष राजेन्द्र लिङ्देनको आग्रह, यथास्थितिको निरन्तरताले देश बर्बाद हुने जिकिर ।
१०. ओमिक्रोन भाइरसले कोभिड महामारी अन्त्य गराउँछ भन्ने समाचारमा कुनै सत्यता नभएको नेपालस्थित विश्व स्वास्थ्य संगठनको भनाइ, खोप नलगाएका र दीर्घ रोगीलाई बढी असर गर्ने भन्दै सतर्कता अपनाउन आग्रह ।
११. नेपाली सेयर बजारमा बुधबार पनि गिरावट, नेप्से परिसूचक ३८ दशमलव ४२ अंकले घट्दा ४ अर्बमा खुम्चियो कारोबार, १३ वटै उपसमूहको सूचक राताम्य ।
१२. भारतले ग¥यो गुगल र माइक्रोसफ्टका सीईओलाई पद्म भूषणबाट सम्मान, व्यापार र उद्योग श्रेणीअन्तर्गत गुगलका सीईओ सुन्दर पिचाई र माइक्रोसफ्टका सीईओ सत्य नाडेला सम्मानित ।
१३. दक्षिण सुडानमा दुई जातिबीचको दंगामा परी ३२ जनाको मृत्यु, दुई समूहबीच भएको हमलामा कैयौँ घाइते ।
१४. मरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टिमको घोषणा, खेलमा नतिजा भन्दा उत्कृष्ट प्रदर्शनको अपेक्षा रहेको मुख्य प्रशिक्षक अल्मुताईरीको भनाइ ।
१५. र पोखरामा जारी आहा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा एपीएफ विजयी, मछिन्द्र ३–१ गोल अन्तरले पराजित ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया