डा. बाबुराम भट्टराईलाई कोरोना

लोकपथ
7
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलाई कोरोनाभाइरस संक्रमण भएको छ । आरटी पीसीआर परीक्षण गराउँदो कोरोना पोजेटिभ रिपोर्ट आएको डा. भट्टराईले जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमण पुष्टि भएसँगै उनी आइसोलेसनमा बसेका छन् । सतर्कताका बाबजुद आफूलाई कोरोना संक्रमण भएकाले केही दिन आइसोलेसनमा रहने उनले बताए ।

साथै डा. भट्टराईले आफ्नो सम्पर्कमा आएकाहरूलाई सतर्क रहन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?