आज दिनभरमा मुख्य १५ समाचार हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
35
Shares

१. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको २५ हजार ९ सय ९ जनाको परीक्षणमा थप १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि, ३ हजार ४० जना संक्रमणमुक्त, ८ जनाको मृत्यु ।

२. नेपाल विश्वका १ सय ८० देशमध्ये भ्रष्ट्राचार हुने देशको १ सय १७औँ स्थानमा, डेनमार्क, फिनल्याण्ड र न्यूजिल्याण्ड सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएको ट्रान्सपरेन्सी इन्टरनेसनलको तथ्याङ्क ।

३. तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारलाई निर्वाचन आयोगको आग्रह, निर्वाचनको मिति तोक्न विलम्ब हुँदा निर्वाचन व्यवस्थापनको काममा समस्या हुने उल्लेख ।

४. खाडलमा परी गैंडाको मृत्यु भएको विषयमा छानबिन गर्न मन्त्रीस्तरको निर्णयबाट कार्यदल गठन, पाँच सदस्यीय कार्यदलले १० दिनमा घटनाको छानबिन गरी यथार्थ विवरणसहितको प्रतिवेदन पेस गर्ने ।

५. सबै विषयका परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न त्रिभुवन विश्वविद्यालयलाई शिक्षामन्त्री पौडेलको निर्देशन, जनशक्तिकै अभाव देखाएर परीक्षाको नतिजा प्रकाशन गर्ने काममा ढिलाइ गर्न नहुने प्रतिक्रिया ।

६ भोलि हुने राष्ट्रियसभा सदस्यको निर्वाचनको सम्पूर्ण तयारी पूरा, मुलुकका आठ मतदानस्थल र १४ केन्द्रमा भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदै ।

७. सिटामोल सहज उपलब्ध गराउन सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश जारी, सिटामोलको अभाव हुनुमा कारण देखाउन समेत विपक्षीहरूलाई आदेश ।

८. स्थानीय तहको चुनाव सार्न नमिल्ने नेकपा एमाले स्थायी समिति सदस्य अग्नी खरेलको भनाइ, संविधान उल्लंघन गरेर चुनाव सार्ने कार्य भएमा एमालेले नसहने प्रतिक्रिया ।

९. राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ बाहेक अन्य प्रदेशको मतदानमा राप्रपा सहभागी नहुने, अन्य प्रदेशहरूमा पार्टीको उम्मेदवार नभएकाले मतदान नगर्न प्रतिनिधिलाई आग्रह ।

१०. चालू आर्थिक वर्षको ६ महिनामा वाणिज्य बैंकहरूले कमाए ३३ अर्ब ४६ करोड नाफा, सबैभन्दा धेरै मुनाफा कमाउनेमा ग्लोबल आईएमई बैंक ।

११. सेयर बजारको ओरालो यात्रामा आज पनि निरन्तरता, ५ दशमलव ५९ अंकले नेप्से घट्दा कारोबार रकम पनि ५ अर्बमा खुम्चियो ।

१२. आँखा हेरेरै मानिसको मृत्युको भविष्यवाणी गर्न सकिने अस्ट्रेलियाका वैज्ञानिकहरूको दाबी, उक्त अनुसन्धानमा १९ हजार नेत्रकोषको अध्ययन भएको भनाइ ।

१३. ध्वनिभन्दा पाँच गुणा बढी गति भएको संसारको सबैभन्दा ठूलो विमान आरओसीको परीक्षण उडान सफल, उक्त ‘कन्सेप्ट एयरक्राफ्ट’ले अधिक उचाइबाट रकेट लन्चसमेत गर्नसक्ने कम्पनीको दाबी ।

१४. त्रिभुवन आर्मी क्लब पोखरामा जारी २०औँ संस्करणको ‘आहा रारा गोल्डकप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश, थ्री स्टार एक–शून्य गोल अन्तरले पराजित ।

१५. र, नेपालसँग मैत्रीपूर्ण खेल खेल्न आएका मरिससका चार खेलाडीमा कोरोना संक्रमण पुष्टि, शनिबार हुने भनिएको खेल हुने÷नहुने अन्योलमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?