काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान प्रक्रियामा सहभागी नहुने भएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आज बसेको केन्द्रीय पदाधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले प्रदेश नं १ मा पार्टीका उम्मेदवारहरू अम्बर बहादुर बिष्ट र रञ्जु प्याकुरेल उम्मेदवार रहेकाले उनीहरुको पक्षमा मतदान गर्न पार्टीका मतदातालाई निर्देशन दिएको छ ।
तर, अन्य प्रदेशहरूमा पार्टीको उम्मेदवार नभएकोले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरूलाई मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय गरेको । राष्ट्रियसभा निर्वाचन बुधबार हुँदैछ । मतदान बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया