वर्षमानले भने, ‘माओवादीको महासचिवमा मेरो दाबी स्वाभाविक’

लोकपथ
77
Shares

काठमाडाैं । नेकपा माओवादी केन्दका नेता वर्षमान पुनले पार्टी महासचिवमा आफ्नो दाबी स्वभाविक भएको बताएका छन् ।

चीनमा स्वास्थ्योपचार गरी स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा पत्रकारसँग कुराकानी गर्दै उनले आफू पहिले नै सचिव भइसकेकाले महासचिवमा दाबेदारी स्वभाविक भएको टिप्पणी गरे ।

‘सहमति जुट्न सकेन भने प्रक्रिया होस्, त्यसमा म फेस गर्न चाहन्छु’, उनले भने, ‘पार्टी अध्यक्ष र नेताहरूलाई मैले उतैबाट पनि भनेको थिएँ । मलाई विश्वास छ, पार्टीले सहमतिमै टुङगो लगाउनेछ ।’

पुनले वर्तमान सत्ता गठबन्धनका वैचारिक धरातल र मान्यतामा धेरै भिन्नता भए पनि लोकतन्त्र र परिवर्तनका उपलब्धिको रक्षा गर्ने विषयमा साझा मत रहेको र त्यो रहिरहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?