काठमाडौं । कञ्चनपुरको पूर्वपश्चिम राजमार्गअन्तर्गत गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म राजमार्ग स्तरोन्नतिको काम सुरु भएको छ ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरले प्रत्येक वर्षको कार्यक्रमअनुसार यस वर्ष गड्डाचौकीदेखि चिसापानीसम्मको क्षेत्रलाई मर्मत तथा स्तरोन्नति गर्ने कार्यलाई सुरु गरेको हो । कार्यालयले हाल ठेक्का प्रक्रिया अगाडि बढाएर स्तरोउन्नतिको कार्य सुरु गरेको जनाएको छ ।
कार्यालयका अनुसार सडक क्षेत्रमा भएका खाल्डाखुल्डी पुर्ने, सडक भासिएको ठाउँमा मर्मत गर्ने, साँघुरो स्थानमा सडक चौडा पार्ने र सडक स्तरोउन्नति गर्ने कार्य गरिनेछ ।
यस्तै गरेर गड्डाचौकी क्षेत्रबाट अगाडि बजार क्षेत्रभन्दा अत्तरिया तर्फको राजमार्ग क्षेत्रको चोकको केही भाग गत वर्षको कार्यक्रम अनुसार नै चौडा पारिसकिएको छ । जसका कारण महेन्द्रनगर बजार क्षेत्रको बसपार्क क्षेत्रमा आवतजावत गर्न निकै सहज भएको छ ।
डिभिजन कार्यालयले राजमार्ग पुनर्स्थापना तथा स्तरोउन्नति कार्यक्रमअन्तर्गत यस वर्ष वार्षिक कार्यक्रमअनुसार १० करोड बजेट पाएको छ । जसमा गड्डाचौकीदेखि चिसापानी क्षेत्रसम्म राजमार्ग स्तरोन्नति गर्ने कार्यक्रम रहेको छ ।
अघिल्लो वर्षको कार्यक्रममा भासी, लालपुर, दैजी, झलारी, वाणी र गुलरिया चोकमा सडक चौडा पारिएको थियो । यसवर्ष थप केही चोकमा सडक चौडा पारिने सडक डिभिजन कार्यालयले जनाएको छ ।
स्तरोउन्नति कार्यक्रमको लागि डिभिजन कार्यालयलाई प्राप्त बजेट निकै कम हो । कम बजेट भएका कारण स्तरोउन्नती कार्यक्रमलाई प्रत्येक वर्ष गरिने गरिन्छ । जसका कारण थोरै बजेटले धेरै ठाउँमा पुर्याउनुपर्ने बाध्यता हुने गर्दछ ।
यसैगरी स्तरोउन्नति कार्यक्रमअन्तर्गत नै पूर्वपश्चिम राजमार्गको दैजीदेखि गड्डाचौकीसम्म चौडा पार्ने पनि गरिएको छ । यस वर्षको स्तरोउन्नतिको केही काम भने सुरु भएको अवस्था छ भने केही काम ठेक्का प्रक्रियामा रहेको छ । कार्यालयले यस वर्ष चारवटा ठेक्का लगाएर सडक स्तरोउन्नति कार्य गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया