कैँची प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

लोकपथ
84
Shares

काठमाडौं । कैँची प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ घर भई हाल भक्तपुर सूर्यबिनायक बस्ने ३३ वर्षीय बिनोद आचार्य रहेका छन् । आचार्यले काठमाडौं महानगरपालिका(९ सिनामंगल बस्ने सिन्धुपाल्चोक चौतारा नगरपालिका-९ घर भएका २२ वर्षीय केशव तिमल्सिनालाई धारिलो हतियार कैँची प्रहार गरी घाइते बनाएका थिए ।

महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले तिमल्सिनालाई कैँची प्रहारबाट घाइते भएको अवस्थामा फेला पारी उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगल हुँदै थप उपचारको लागि वीर अस्पताल पठाउनुका साथै घटनामा संलग्न बिनोदलाई पक्राउ गरेको हो ।

घटनाको सम्बन्धमा महानगरीय प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?