काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आज राति बाह्र बजेदेखि लागू हुने गरी निगमले इन्धनको मूल्य घटाएको हो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य घटेको भन्दै सरकारले पेट्रोलको मूल्य घटाउन लागेको हो । भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सुचीलाई आधार मानेर पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए ।
निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने घटाएको छैन । अहिले एलपी ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ रहेको छ ।
भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सुची अनुसार पेट्रोलमा ३ रुपैयाँ र डिजेल र मट्टितेलमा २ रुपैयाँ घटाएको निगमले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया