भारतको अरुणाञ्चल प्रदेशमा पनि भूकम्प

लोकपथ
217
Shares

नयाँ दिल्ली । भारतको अरुणाञ्चल प्रदेशमा भूकम्प गएको छ । अरुणान्चल प्रदेशको बसारमा मंगलबार बिहान भूकम्प ४ दशमलब ९ म्याग्निच्युडको गएको भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बसारको उत्तरपश्चिम केन्द्रविन्दु रहेको सो भूकम्पको गहिराइ १० किलोमिटर रहेको थियो । भूकम्पले पुर्‍याएको क्षतिको विवरण सार्वजनिक भइसकेको छैन् ।

भूकम्प गएपछि स्थानीय मानिस घरबाहिर निस्केका थिए । भूकम्प अरुणान्चल प्रदेशका अन्य जिल्लामा पनि महसुस गरिएको थियो ।

यसअघि पश्चिम अफगानिस्तानमा भूकम्प जाँदा कम्तिमा २६ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?