काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र जापानका प्रधानमन्त्री फुमिओ किशिदाका बीचमा छलफल भएको छ । भर्चुअल माध्यमबाट भएको छलफल कोरोनाभाइरसको महामारी र सुरक्षाका विषयमा केन्द्रीत भएको अधिकारीहरुले जनाएका छन् ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले पनि दुई पक्षीय हित, साझा सरोकार र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयमा उनीहरुले छलफल गरेकाे जनाएको छ ।
त्यसैगरी जलवायु परिवर्तन र नयाँ नयाँ प्रविधिका बारेमा समेत उनीहरुका बीचमा छलफल भएको ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा जनाइएको छ ।
‘बैठकमा विषेश गरेर अमेरिका र जापानको सम्बन्ध, सहकार्य, शान्ति र सुरक्षा, इन्डो प्यासेफिक क्षेत्रको स्थिरतालगायका बारेमा छलफल भएको छ’, वक्तव्यमा लेखिएको छ । वाइडेन र किशिदाका बीचमा भौतिक भेट भने कोप२६ शिखर सम्मेलनको सिलसिलामा स्कटल्याण्डमा भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया