काठमाडाैं । नेपालमा विदेशी मदिराको व्यवसाय गर्दै आएको व्यावसायिक घरानाका परिवार सम्पर्कविहीन बनेको छ।
काठमाडौँको दरबारमार्गमा ग्रीनलाइन सेन्टर प्रालिका नाममा २५ वर्षदेखि विदेशी मदिराको व्यवसाय गर्दै आएका ओमप्रकाश अग्रवाल परिवारका नौ जना सदस्यसहित फरार भएका छन्।
अग्रवाल परिवारकै महिला सदस्यले माइतीपरिवार सम्पर्कविहीन रहेको मौखिक उजुरी प्रहरीमा दिएकी थिइन्। अग्रवाल परिवार फरार भएसँगै उनीहरूले चारवटा बैंकबाट लिएको ८० करोडभन्दा बढी ऋणसमेत जोखिममा परेको छ ।
एभरेष्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एनआईसी एसिया बैङ्क र ग्लोबल आईएमई बैङ्क गरी चारवटा बैंकबाट मात्र ८० करोड रुपैयाँभन्दा बढी ऋण लिएको खुलेको खबर गोरखापत्रमा छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया