आज ११ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटना :
पेरुमा विध्वशंकारी पहिरो :
सन् १९६२ मा पेरुमा गएको ठूलो पहिरोमा परेर चार हजार जनाको मृत्यु भएको थियो । ढुंगा र हिउँले भरिएको १२ मिटर अग्लो पर्खाल भत्किँदा रियो सान्ता उपत्यकामा नौवटा गाउँ पुरिएका थिए ।
डायबिटिजविरुद्ध इन्सुलिनको पहिलो प्रयोग :
डायबिटिज अर्थात् चिनी रोगको उपचारका लागि सन् १९२२ मा पहिलो पटक इन्सुलिन प्रयोग भएको थियो । १४ वर्षीय लियोनार्ड थोम्पसनको टाइप १ डायबिटिजविरुद्ध पहिलो पटक इन्सुलिन प्रयोग भएको थियो ।
एडमन्ड हिलारीको निधन :
नेपालका तेन्जिङ नोर्गे शेर्पासँगै सगरमाथामा पहिलो पटक पाइला टेक्ने न्युजिल्यान्डका प्रख्यात पर्वतारोही एडमन्ड हिलारीको सन् २००८ को १० जनवरीमा निधन भएको थियो । हिलारीको ८८ वर्षको उमेरमा निधन भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया