म्यानमारकी प्रजातन्त्रवादी नेतृ सूकीलाई चार वर्ष जेल सजाय

लोकपथ
56
Shares

म्यानमार । म्यानमारको एक अदालतले प्रजातन्त्रबादी नेतृ आङ सान सूकीलाई चार वर्ष जेल सजाय सुनाएको छ । विभिन्न तीन ओटा मुद्दामा दोषी ठहर गर्दै अदालतले सूकीलाई सोमबार चार वर्ष जेल सजाय सुनाएको हो ।

नोबेल शान्ति विजेता सूकी गत वर्षको १ फेब्रुवरीदेखि नजरबन्दमा राखेको छ । ७६ वर्षीय सूकीमाथि गैरकानुनी ढंगले वाकी–टकिज लिएको कोभिडसम्बन्धी नियम उल्लंघन गरेको आरोप लागेको छ । कु गरेको दिन सेनाले उनको घरमा छापा मार्ने क्रममा वाकी–टकिज फेला पारेको थियो ।

यसअघि डिसेम्बरमा सुकीलाई अदालते विभिन्न अभियोगमा चार वर्ष जेल सजाय सुनाएको थियो । उत्तेजना फैलाएको र कोभिड नियम उल्लंघन गरेको आरोप लागेको थियो । सेनाको जुन्ता सरकारले पछि सो सजाय आधा घटाएर दुई वर्ष बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?