पाकिस्तान । पाकिस्तानमा पछिल्ला केही दिनमा भएको भारी वर्षा र हिमपातका कारण ४१ जनाको ज्यान गएको बताइएको छ ।
शनिबारसम्म ४१ जनाको भारी वर्षा र हिमपातमा परेर मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
त्यसैगरी यहाँका सयौँ व्यक्ति विस्थापित भएका पनि सो समाचारमा जनाइएको छ ।
पाकिस्तानका अधिकारीहरुले यहाँका ठूलो संख्याका भौतिक संरचनामा पनि क्षति पुगेको बताएका छन् । यहाँको प्राकृतिक प्रकोप व्यवस्थापन विभागले शनिबार रातिसम्म अविरल रुपमा पानी परिरहेको बताएको छ ।
देशको उत्तरी क्षेत्र मुरीमा एक सवारी साधन नै हिउँमा फसेको र त्यसमा परेर २२ जनाको ज्यान गएको थियो ।
सवारी साधन हिउँमा फसेपछि निस्किन नसकेको यहाँको प्रहरीले जनाएको छ । त्यस दुर्घटनामा परेर अरु कैयौँ व्यक्ति घाइते पनि भएका बताइएको छ ।
मुरीमा भारी मात्रामा हिमपात भएको छ । त्यसमा परेर विदेशी र स्वदेशी पर्यटकका गरी सयौँ सवारी साधन फसेका छन् । ती सवारीसाधनको उद्धारका लागि पाकिस्तानको सरकारले ठूलो संख्यामा प्रहरी र उद्धारकर्मी परिचालन गरेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया