ट्रम्प – किमवार्ताका लागि सिंगापुरले २१६ करोड रुपैयाँ खर्च गर्ने

एजेन्सी: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीच १२ जुन मंगलबार हुने शिखर वर्ताका लागि सिंगापुरले २१६ करोड नेपाली रुपैया बराबरको खर्च गर्ने भएको छ ।

सिंगापुरका प्रधानमन्त्री ली सेइन लुंगले शिखर वार्ताको लाग्ने खर्च सिंगापुरले बेहोर्ने जानकारी दिँदै यो अन्तर्राष्ट्रिय प्रयासमा सिंगापुरको योगदान भएको बताए ।

उनले भने “यो रकमको आधा जति खर्च सुरक्ष व्यवस्थामा हुनेछ । ” सिंगापुरका व्यवसायीहरूले पनि यो अवसरलाई आर्थिक कारोबारको रूपमा बदल्न प्रयास गरिरहेका छन् ।

ट्रम्प र किमका नामा बर्गर देखि टीशर्ट बजारमा ल्याइएको छ ।

साँग्रिला होटलमा कोठा अग्रिम बुक गराउनेको होड लागेको छ ।

होटलको कोठाको मुल्य तीन गुना बढेको छ । साँग्रिलामा ट्रम्प बसिरहेका छन् ।

यता ट्रम्प र किमका प्रतिरूपहरूको उपयोग गरी कम्पनीले कमाइ गरिरहेका छन् ।

 किमका प्रतिरूप देखिने हावर्ड एक्स र ट्रम्पका प्रतिरूप डेनिस एलेनलाई मोबाइल एप्को प्रमोशनका लागि राखिएको छ ।

यो प्रतिरूपरूसँग फोटो खिचाउनेसँग कम्पनीले रकम असुलेको छ ।

सिंगापुरमा पर्यटकहरूका संख्यामा बृद्धि हुने देखिएको छ । पत्रकारहरूको संख्या ३ देखि ४ हजारसम्म पुगेको छ ।

७ दिन पत्रकारहरूको बसाइबाट यहाँ करिब ९६ करोड नेपाली रुपैयाको कमाइ हुन सक्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?