हिउँ खेल्न गएका २२ जनाको मृत्यु

लोकपथ
609
Shares
In this photo released by Inter Services Public Relations, people walk past car trapped in heavy snowfall hit area, in Murree, some 28 miles (45.5 kilometers) north of the capital of Islamabad, Pakistan, Saturday, Jan. 8, 2022. Temperatures fell to minus 8 degrees Celsius (17.6 Fahrenheit) amid heavy snowfall at Pakistan’s mountain resort town of Murree overnight, killing at few people who were stuck in their vehicles, officials said Saturday. (Inter Services Public Relations via AP)

पाकिस्तानमा हिउँमा पुरिएर कम्तिमा २२ जनाको मृत्यु भएको छ । राजधानी इस्लामावाददेखि उत्तरी क्षेत्रमा अवस्थित मुरी सहरको हिलटपमा हिउँ खेल्न पुगेका मानिस हिउँमा पुरिँदा उनीहरुको मृत्यु भएको हो । हिमपातका कारण एक हजारभन्दा बढी सवारी साधन अलपत्र परेका छन् ।

मृत्यु हुनेमा प्रहरी, उनकी श्रीमति र उनीहरुका ६ सन्तान अर्काे पाँच जनाको परिवारसमेत छन् ।

हिउँका कारण अबरुद्ध सडक पन्छाउन र हिउँमा फँसेका व्यक्तिहरुको उद्दारमा सेना खटिएको छ ।

सो क्षेत्रमा ठूलो संख्यामा एकै पटक मानिसहरु भ्रमण गर्दा संकट निम्तिएको गृहमन्त्री शेख रशिदले बताएका छन् ।

पछिल्लो समयमा सो सहरमा एक लाखभन्दा बढी कार पुगेका थिए भने सामाजिक सञ्जालमा हिउँमा रमाएका मानिसका तस्बीर र भिडियो भाइरल भएका थिए ।

हिउँका कारण सयौं पर्यटकहरु अलपत्र परेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
बढ्दो हिमपात र सवारी चापका कारण सरकारले त्यहाँ विपद् घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?