कम्बोडियाका प्रधानमन्त्री स्वदेश फिर्ता

लोकपथ
105
Shares

कम्बोडियाका प्रधानमन्त्री हुन सेन म्यानमारको भ्रमण पुरा गरी स्वदेश फर्किएका छन् । दक्षिण पूर्वी एसियाली राष्ट्र संघका अध्यक्ष समेत रहेका हुन सेनले म्यानमारको दुई दिने भ्रमण गरेर शनिवार स्वदेश फर्किएका हुन् ।

कम्बोडियाका विदेश मन्त्री प्राक सोखोनले दिएको जानकारी अनुसार म्यानमार भ्रमणका क्रममा प्रधानमन्त्री हुन सेनले म्यानमारका उच्च अधिकारीहरुसँग भेटवार्ता गरेका छन् ।

भेटवार्ताका क्रममा उनीहरुले दुई पक्षीय हित, आपसी चासो, क्षेत्रीय सरोकारका विषयमा छलफल गरेको पनि समाचारमा जनाइएको छ ।

झण्डै तीस बर्षदेखि एकछत्र शासन गर्दै आएका हुन सेनले सैन्य शासन लागु भएको म्यानमारको भ्रमण गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

म्यानमारमा सेनाले सत्ता कब्जा गरेपछि विदेशी नेताको यो नै पहिलो भ्रमण हो । म्यानमारको सेनाले गत फेब्रुअरी १ मा देशका शिर्ष नेता तथा उच्च अधिकारीहरुलाई बन्धक बनाउदै सत्ता नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?